पूर्व क्रिकेटर मनोज तिवारीको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो

डिसी नेपाल
२५ चैत २०८१ ११:२४

काठमाडौं । पूर्व क्रिकेटर मनोज तिवारीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा महेन्द्र सिंह धोनीको हालको प्रदर्शनमाथि कडा टिप्पणी गरेका छन्।

उनले भने – चेन्नई सुपर किंग्सका दिग्गजले दुई सिजन अघि नै आईपीएलबाट सन्यास लिनु पर्ने थियो।

मनोज तिवारीले क्रिकबजसँगको कुराकानीमा भने, “यदि म अलि कठोर भएँ भने मलाई माफ गर्नुहोस्। उनी (धोनी) २०२३ को आईपीएल पछि सन्यास लिनुपर्थ्यो, त्यो उनको सबैभन्दा राम्रो समय थियो।”

तिवारीले भने, “कतै न कतै मलाई लाग्छ कि उनले (धोनीले) क्रिकेटबाट कमाएको जति पनि प्रसिद्धि, नाम र सम्मान पछिल्लो दुई वर्षमा खेलिरहेको तरिकाले पखालिँदै गइरहेको छ।”

उनले भने, “धोनीका फ्यानहरूले उनलाई यसरी हेर्न सक्दैनन्। हेर्नुहोस् चेन्नईका फ्यानहरूले कस्तो प्रतिक्रिया दिइरहेका छन्, सडकमा निस्केर अन्तर्वार्ता दिइरहेका छन्।”

दिल्ली क्यापिटल्स विरुद्धको खेलमा धोनीले २६ बलमा ३० रन बनाए। यसबाहेक, धेरै फ्यानहरूले उनी कुन क्रममा ब्याटिङ गर्न आउँदैछन् भन्ने बारेमा पनि प्रश्न सोधिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *