तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ

डिसी नेपाल
२८ चैत २०८१ ७:०१
480
Shares

काठमाडौं । प्रहरीले चैत १५ गते राजाबादीको आन्दोलनको क्रममा तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोडमा संलग्न थप एक जनालाई नियन्त्रणमा लिएको छ।

ललितपुर महानगरपालिका–२७ बस्ने ५३ वर्षीय कमलकुमार विष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।

चैत १५ गते राजाबादीको आन्दोलनको क्रममा तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गर्नुका साथै नेपाललाई श्रीलंका र बंगलादेश जस्तो बनाउने अभिव्यक्ति दिएको आरोपमा विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसुरमा म्याद थपसमेत गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २० दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *