कुवेतले दियो नेपाल सामु १८६ रनको लक्ष्य

डिसी नेपाल
२८ चैत २०८१ ८:४३

काठमाडौं । कुवेतले नेपाल सामु १८६ रनको लक्ष्य प्राप्त गरेको छ ।

चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामू १८६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पार्न सफल भएको छ ।

कुवेतका लागि क्लिन्टो एन्टोले ४१, मीत भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, कप्तान मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाएका छन् ।

दोस्रो विकेटका लागि एन्टो र भवसरले ५४ रनको साझेदारी गरे । नेपालका लागि सोमपाल काकीले तीन, नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी र कुशल भुर्लेलले समान एक एक विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *