शिक्षकका माग सम्बोधन गर्न जसपा नेपालको माग

डिसी नेपाल
२८ चैत २०८१ १२:१४
20
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आन्दोलनरत शिक्षकसँग सरकारले तत्काल वार्ता गरी न्यायोचित माग यथाशीघ्र सम्बोधन गर्नुपर्ने पार्टीको माग रहेको बताएका हुन्।

‘सरकारले शिक्षा सम्बन्धी नीति, योजना, ऐन कानुन र कार्यक्रमको समीक्षा गरी यसमा व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रमा देखा परेका विकृति, विसङ्गति, अराजकता र अन्योलताको स्थितिलाई अन्त्य गरी समान गुणस्तरीय शिक्षा सबैलाई प्रत्याभूत गराउने व्यवस्था गर्नुपर्ने जसपा नेपालको माग छ,’ प्रमुख बस्नेतले भने।

नेपाल सरकारको अदूरदर्शी, त्रुटिपूर्ण शिक्षा नीति, ऐन, कानुन र व्यवस्थापन सम्बन्धी कार्यले गर्दा शिक्षा क्षेत्र अत्यन्तै अन्योल, दिशाहीन र गुणस्तरहीनतर्फ उन्मूख रहेको पार्टीको ठहर रहेको उनको भनाइ छ।

मुलुकको विकास, परिवर्तन र भविष्यको मूल आधार नै शिक्षा भएकोले शिक्षा क्षेत्रमा देखिएका अस्तव्यस्ता र अन्योलताको अवस्था अन्त्य गरिनुपर्नेमा पार्टीको जोड रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *