बबरमहलमा शिक्षक र प्रहरीबीच धकेलाधकेल

डिसी नेपाल
२८ चैत २०८१ १३:१८
1.3k
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरिरहेका शिक्षक र प्रहरीबीच धकेलाधकेलको स्थिति सिर्जना भएको छ।

नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन जारी राखेको छ। आन्दोलनरत शिक्षकले तीन वटै लेन कब्जा गर्न खोजेपछि प्रहरीसँग विवाद भएको हो।

महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्न, विशेष अधिवेशन आह्वान गर्न वा अध्यादेश जारी मध्ये कुनै एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आएको छ। नौं दिनसम्म पनि सरकारले आफ्ना माग सम्बोधनमा चासो नदेखाएपछि शिक्षकहरूमा आक्रोसित बढ्दो छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *