नेपाल बारमा कांग्रेस-एमाले प्यानल नै विजयी

डिसी नेपाल
२८ चैत २०८१ १४:००
1.3k
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा विजयप्रसाद मिश्रको प्यानलले बाजी मारको छ।

सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका मिश्रको प्यानलै निर्वाचित भएको हो।

गत शनिबार सम्पन्न निर्वाचनको मतगणना बिहीबार सम्पन्न भएपछि बरिष्ठ अधिवक्ता मिश्रले प्रतिस्पर्धी उम्मेदवारभन्दा २ हजार ४३१ मत बढीसहित ५ हजार ५२ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका नेकपा माओवादी केन्द्र समर्थित बरिष्ठ अधिबक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मतमा सिमित हुन पुगेका छन्।

त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मतमा सिमित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *