सभामुख घिमिरे स्वदेश फर्किए

डिसी नेपाल
२८ चैत २०८१ १८:५५
72
Shares

काठमाडौं। अन्तर–संसदीय संघ (आईपीयु)को १५०औं सभामा सहभागी भइ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वदेश फर्किएको छ।

उज्वेकिस्तानको ताशकन्दमा आयोजित अन्तर–व्यवस्थापिका संघको सभामा सहभागी सभामुख घिमिरे नेतृत्वको टोली बिहीबार अपरान्ह स्वदेश फकिएको हो।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने र संसदीय कुटनीतिका माध्यमबाट संसारमा उत्पन्न भएका चूनौति सामना गर्न सकिन्छ भन्ने विषयमा सभा केन्द्रीत रहेको बताए। जलवायु परिवर्तनलाई नेपालको लागि सबैभन्दा गम्भीर चुनौतीका रूपमा रहेको बिषय समेत आफूले सभामा उठान गरेको उनले बताए।

त्यस्तै सभामुख घिमिरेले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको जानकारी दिए।

विश्व समूदायमा नेपालले आकर्षण ढंगले आफ्नो उपस्थीति जनाएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *