भारतमा पक्राउ परे दुर्गा प्रसाईं

डिसी नेपाल
२८ चैत २०८१ २१:३४
2.5k
Shares

काठमाडौं। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ भारतमा परेका छन्।

स्रोतका अनुसार प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल उनलाई नेपाल ल्याउदैँ छ। चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चढाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए।

उनको सचिवायले भने प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दावी गरेको छ। ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियान का सयोजक श्री दुर्गा प्रसाईंले ज्यु ले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले भनेको छ, ‘हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं !(दुर्गा प्रसाईँ) जय देश जय रास्टवाद!!’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *