नेपाल प्रहरीले भन्यो- दुर्गा प्रसाईंको खोजी भइरहेकाे छ, हालसम्म पक्राउ परेका छैनन्
काठमाडौं। प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई पक्राउ नगरेको बताएको छ। बिहीबार राति विज्ञप्ति जारी गर्दै प्रहरीले दुर्गा प्रसाईं खोजीको सूचीमा रहेको हालसम्म पक्राउ नपरेको उल्लेख गरेको छ।
भारतमा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना बाहिर आएपनि हालसम्म प्रसाईं पक्राउ नपरेको प्रहरी प्रवक्ता (डीआईजी) दिनेश कुमार आचार्यले बताएका छन्।
आचार्यले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ।’
यता प्रसाईंको सचिवालयले भने सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment