रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च पुगिन् पत्नी निकिता

डिसी नेपाल
२९ चैत २०८१ १४:५१
2.5k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।

शुक्रबार रवि पत्नी निकिता पौडेलले सर्वोच्च पुगेर रिट दर्ता गरेको रास्वपाले जनाएको छ।

गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई सहकारीको रकम ठगी आरोपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै उनी कारागार चलान भएका छन्। उक्त आदेशविरुद्ध निकिता सर्वोच्च पुगेकी हुन्।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

रास्वपाले पक्राउ पुर्जी बिना नै लामिछानेलाई नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *