पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
रूपन्देही । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ।
तिनाउ गाउँपालिका-३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो।
लुम्बिनी प्रदेश ज०२७६ नम्बरको कारमा माथिबाट आएको पहिरोको कारण पूर्ण रुपले क्षति पुगे पनि यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment