एनएसएलः झापा र पोखराबीचको खेल बराबरीमा

डिसी नेपाल
३० चैत २०८१ १८:३७
184
Shares

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा एफसी र पोखरा थन्डर्सबीचकोे खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले एक÷एक गोल गर्दै अंक बाँडेका हुन्।

खेलको ५२औँ मिनेटमा पोखरा थन्डर्सका स्टिफन समीर बिनोङले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ६५औँ मिनेटमा झापाका लाजार आर्सिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। त्यसपछि दुवै समूहले गोल गर्न सकेनन्।

आजको खेलसँगै झापाको यो लगातार चौथो पटकको बराबरी खेल हो। आजको खेलपछि पाँच खेल खेलेको पोखरा पाँच अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छभने झापा चार खेलबाट चार अंक बटुल्दै छैटौँ स्थानमा छ। आजको दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिडनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *