दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना

डिसी नेपाल
१ वैशाख २०८२ १३:०५
1.8k
Shares

काठमाडौं । मुम्बई इन्डियन्स विरुद्धको खेलमा ढिलो ओभर रेट गरेको भन्दै दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।

आइतबार दिल्लीमा भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गर्यो।

मुम्बई इन्डियन्सको २०५ रनको जवाफमा दिल्लीको टोलीले २० ओभरमा १९३ रन मात्र बनाउन सक्यो।

गत महिना मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई पनि १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो।

आईपीएल २०२५ मा, दिल्ली क्यापिटल्सले आफ्ना पाँच खेलमध्ये चार खेल जितेको छ र अंक तालिकामा दोस्रो स्थानमा छ।

यसैबीच, मुम्बई इन्डियन्सले छ मध्ये दुई खेल जितेको छ र सातौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *