सरकारले नागरिक अधिकार संकुचित गर्यो, ७ वैशाखमा निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने चेतावनी दिएका छन्। बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले उक्त चेतावनी दिएका हुन्।
बैठकले वैशाख ९ गते ७७ जिल्लामा विरोध सभा र धर्नाका साथै प्रदर्शन गर्ने निर्णय गरेको छ। उपत्यकामा सबै वडा तहसम्म सवै नेताहरू पुग्दै सङ्गठनलाई मजबुत र आन्दोलन केन्द्रीत गर्ने निर्णय गरिएको लिङदेनले बताए।
‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ। त्यसविरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भने।
७ गतेको कार्यक्रम सभाभन्दा प्रदर्शनको रूपमा अगाडि बढाउने उनले जानकारी दिए।
राप्रवाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानुनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ।
राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन थप चर्काउने चेतावनी दिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment