‘रकम असुली घटना’ मा एक पत्रकार प्रहरी हिरासतमा

डिसी नेपाल
५ वैशाख २०८२ ९:४७
220
Shares

बारा। बारा जिल्लामा व्यापार व्यवसायी गर्ने व्यक्तिहरूलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने आरोपमा एक पत्रकारलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पत्रकारिताको नाममा व्यापारीसंग धाक धम्की दिई रकम असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले नियन्त्रण गरेको हो। यसरी पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका–१० घडिअर्वा घर भई हाल सोही स्थानको वडा नंम्बर १६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

‘आफुलाई पत्रकार भन्ने विष्णु सर्राफले पत्रकार हुँ भन्दै पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचना यस कार्यालयमा आएको हुँदा धाक धम्की देखाई रकम असुल गर्ने व्यक्तिलाई बिभिन्न माध्यबाट खोज तलास गर्दै जाँदा २०८२ बैशाख ०४ गते बारा जिल्लाको प्रसौनी गाउपालिका–३ प्रसौनी गण्डक चोकबाट आरोपित पक्राउ पक्राउ गरिएको हो,’ बारा प्रहरी प्रवक्ता पण्डितले भने ।

उनका अनुसार सो बारेमा थप अनुसन्धान कार्य भईरहेको छ। प्रहरीले आरोपित पक्राउ गरेतापनि हालसम्म आरोपित व्यक्तिले रकम लिएको आधार भने भेटाइएको छैन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *