रामकुमारी झाक्रीको टिप्पणी- अब चाँहि शिक्षकहरूको रमिता बढी भयो
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छन्।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सडकबाट ऐन पास नहुने र शिक्षकको रमिता बढी भएको बताएकी हुन्।
उनले विधेयक पास गर्ने पनि निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरूको प्रवृत्ति सही नभएको उनको भनाइ छ। ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ?’ उनले प्रश्न गरेकी छन्।
समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौं भन्न नमिल्ने उनले बताइन्। भर्नाको बेला विधालय बन्द गरेर शिक्षकले लाखौं विधार्थीको भविश्य अन्यौल बनाउने काम गरेको बताइएकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment