राजर्षिजनक विश्वविद्यालय मानविकी तथा कानून संकायको सहायक डीनमा घिमिरे नियुक्त
काठमाडाैं। राजर्षिजनक विश्वविद्यालय अन्तर्गत मानविकी तथा कानून संकायको सहायक डीन पदमा समिप घिमिरे नियुक्त भएका छन्।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमर प्रसाद यादवले घिमिरेलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै उनको नियुक्तिले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक वातावरण सुधारमा सकारात्मक प्रभाव पार्ने र आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नियुक्तिपत्र हस्तान्तरण समारोहमा विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण शाह, मानविकी तथा कानून संकायका डीन प्रा. डा. नरेन्द्र कटवाल सहित विश्वविद्यालयका पदाधिकारीहरू तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो।
समिप घिमिरे प्रतिष्ठित अधिवक्ता, सामाजिक कार्यकर्ता तथा त्रिभुवन विश्वविद्यालयको कानून संकायमा विद्यावारिधि (PhD) गर्दै हुनुहुन्छ। घिमिरे अध्ययन, अध्यापन, सुशासन, कानुनी सुधार र सामाजिक न्यायका क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहँदै आएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment