श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले ४ करोड बढी नाफा कमायाे

डिसी नेपाल
९ वैशाख २०८२ ११:२१
64
Shares

काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले ४ करोड ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो मुनाफा गत वर्षको यसै अवधिको तुलनामा ५७.३१ प्रतिशतले धेरै हो । कम्पनीले गत वर्षको यसैअवधिमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा सुधार आएको हो। गत वर्ष १५ करोड १६ लाख रहेको खुद ब्याज आम्दानी अहिले २५.४५ प्रतिशतले बढेर १९ करोड रुपैयाँ कायम भएको छ।

यस्तै, सञ्चालन नाफा पनि ५७.३१ प्रतिशतले बढेर ७ करोड १ लाख रुपैयाँ कामय भएको छ। यस फाइनान्सको इम्पेयरमेन्ट चार्ज भने बढेको छ । हाल श्री इन्भेष्टमेन्टको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३६ करोड ७२ लाख रुपैयाँ जम्मा छ।

यसको प्रतिसेयर आम्दानी बढेर ६ रुपैयाँ ५५ पैसा भएको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २४ पैसा रहेको थियो । यसको नेटवर्थ भने १४०.३४ रुपैयाँ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *