प्रतिनिधिसभा बैठक बैशाखभर १० दिन बस्ने
काठमाडौं। संघीय संसद् अन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठकले आजबाट सुरु हुन लागेको हिउँदे अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेको छ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको समिति बैठकले यस महिनाभरको क्यालेण्डर पारित गरेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
क्यालेण्डर अनुसार यस महिनाभर १० दिन प्रतिनिधिसभाको बैठक बस्नेछ। त्यस्तै १९ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची पनि समितिले पारित गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment