१७७ किलो गाँजासहित दुई जना पक्राउ

डिसी नेपाल
१२ वैशाख २०८२ १८:१२
404
Shares

वैशाख । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर नजिकैबाट करीव १ सय ७७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकाहरूमा सोही ठाउँको सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमिका गाउँपालिका–१ छिन्ताङ्ग बस्ने ५७ वर्षीय धन बहादुर राई छन्।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट खटिएको सुरक्षा फौजले सोही ठाउको झाडीमा लुकाई अर्को ठाउँमा लैजान लागेको अवस्थामा उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *