सरकारले आफ्नो आयुभन्दा उपलब्धिको चर्चा गरोस् : मनिश झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिश झाले आफ्नो आयुभन्दा पनि उपलब्धिको चर्चा धेरै गर्न सरकारलाई चुनौति दिएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै झाले सरकार बजेट बनाउँदै गर्दा कार्यकर्ता र बिचौलियालाई खुसी पार्नेतर्फ उन्मुख भएको भन्दै आयुभन्दा पनि उपलब्धिको चर्चा धेरै गर्न सरकारलाई चुनौति दिएका हुन्।
उनले अहिलको व्यवस्थाप्रति प्रहारका लागि यथेष्ट वातावरण बनाउने काम सरकारले गरेको आरोप लगाए। उनले ठूला दलबीच सरकार बन्दा संविधान संशोधन लगाएतका बुँदामा सहमति भए पनि त्यसलाई लत्याएको देख्दा वर्तमान सरकार बन्नुको उद्देश्य पुष्टि भइसकेको तर्क गरे। झाले वर्तमान सरकार अझै धेरै गिरेको देख्न बाँकी रहेकाले यो सरकार अहिले ढल्न नहुने बताए।
उनले मुलुकको समृद्धिका लागि रणनीति तयार गरेर अघि बढ्नुपर्ने भए पनि सरकार त्यसअनुसार चल्न नसकेको आरोप लगाए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment