सरकार र शिक्षक महासंघबीच सहमति

डिसी नेपाल
१७ वैशाख २०८२ १९:४२

काठमाडौं। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति जुटेको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो।

सहमतिमा हस्ताक्षर भने भइनसकेको बताइएको छ। मन्त्रिपरिषद् बैठकपछि हस्ताक्षर गरि सहमति सार्वजनिक गरिने भएको छ। वार्ता सकेर मन्त्रीहरु मन्त्रिपरिषद् बैठकको लागि गएका छन्।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक, शिक्षा मन्त्री रघुजी पन्त, संसदको शिक्षा समितिका सभापति लगायतका सरकारी पदाधिकारीहरुको सहभागिता थियो भने आन्दोलनरत शिक्षकहरुका तर्फबाट शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लगायतका प्रतिनिधिहरु सहभागी थिए।

शिक्षा ऐन जारी गर्नुपर्ने माग राखी करिव १ महिनादेखि देशभरका शिक्षकहरु आन्दोलनमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *