श्रमिक समृद्ध राष्ट्र निर्माणको आधार हुन् : पूर्ण बस्नेत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले श्रमिकहरु समृद्ध राष्ट्र निर्माणका आधार भएको बताएका छन् ।
१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै बस्नेतले मानसिक र शारीरिक श्रम गर्ने श्रमिकको श्रम, सिप, ज्ञान र क्षमताले समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताएका हुन्।
श्रमिकहरूको राजनीतिक, आर्थिक, सामाजिक अधिकार स्थापित गर्नका लागि समाजवादी आन्दोलनलाई अगाडि बढाउन श्रमिकहरुको एकता आज पनि उत्तिकै अपरिहार्य रहेको बस्नेतले बताए।
नेपालको श्रमिक आन्दोलनको इतिहास धेरै लामो नभएपनि मुलुकमा भएका आन्दोलन, विद्रोह र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक परिवर्तन र उपलब्धीमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको उनले बताए।
श्रमिकको पेसागत मर्यादा र सम्मान तथा हक अधिकार स्थापित भएको दिनको सम्झनाका रुपमा मनाइने यस दिवसको विशेष महत्व रहेको उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment