पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु
बुटवल । पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको ज्यान गएको छ।
सुनवल नगरपालिका–६ पुलटोलका विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ।
शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको स्थानीयले खबर गरेपछि खोजी गर्न जांदा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
मृतक बालकहरु स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment