बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

डिसी नेपाल
२३ वैशाख २०८२ १८:२३
2.1k
Shares

काठमाडौं । बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित सडकमा मंगलबार बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने ५८ वर्षीया जमुना पुन रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु.२ ख ७०४९ नम्बरको बसले लु.४४ प ९२९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *