क्रिस्टियानो रोनाल्डोका छोरा पोर्चुगलको राष्ट्रिय टोलीमा छनोट
काठमाडौं । फुटबल क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई आगामी प्रतियोगिता अघि पहिलो पटक पोर्चुगलको अन्डर-१५ टोलीमा छनोट गरिएको छ ।
१४ वर्षीय क्रिस्टियानो रोनाल्डो जुनियर मे १३ देखि १८ सम्म क्रोएसियामा आयोजना हुने भ्लाट्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने पोर्चुगलको २२ खेलाडी टोलीको हिस्सा हुनेछन्। प्रतियोगितामा इङ्गल्याण्ड, ग्रीस र जापान पनि खेल्दैछन् ।
सिनियर रोनाल्डोले इन्स्टाग्राममा आफू र आफ्ना छोराको तस्बिर पोस्ट गर्दै लेखेका छन् “तिमीमाथि गर्व छ, छोरा !”
View this post on Instagram
क्रिस्टियानो रोनाल्डो जुनियर साउदी अरेबियाको अल-नासर क्लबको युवा एकेडेमीको हिस्सा हुन् जहाँ उनका पिता २०२३ देखि खेल्दै आएका छन्। उनले पहिले म्यानचेस्टर युनाइटेड र युभेन्टस एकेडेमीमा खेलेका थिए जुन उनका पिताका दुई पूर्व क्लबहरू पनि हुन्।
४० वर्षीय सिनियर रोनाल्डोलाई पोर्चुगलले २०२६ को विश्वकपको लागि छनोट गरेमा छैटौं विश्वकपमा खेल्ने सम्भावना कायमै छ। उनी १३६ गोलका साथ अन्तर्राष्ट्रिय फुटबलमा पुरुषहरूतर्फ सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् ।
उनले २१९ पटक अन्तर्राष्ट्रिय खेल खेलेर सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलको विश्व रेकर्ड राखेका छन्। पाँच पटकका बालोन डी’ओर विजेताले पहिले नै आफ्नो छोरासँग खेल्न रुचि देखाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment