आइपीएल रद्द भएको होइन, एक हप्ताका लागि स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग अर्थात् आईपीएल एक हप्ताका लागि स्थगित गरिएको छ।
आईपीएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा यो जानकारी दिएको छ। पोस्टमा भनिएको छ , “आईपीएल २०२५ तत्काल लागू हुने गरी एक हप्ताको लागि निलम्बन गरिएको छ ।”
🚨 News 🚨
The remainder of ongoing #TATAIPL 2025 suspended with immediate effect for one week.
— IndianPremierLeague (@IPL) May 9, 2025
बिहीबार, जम्मू र पठानकोटमा रेड अलर्ट जारी भएपछि धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको आईपीएल खेल बीचैमा रद्द गरिएको थियो।
यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने बताएको थियो।
पीएसएलमा अझै आठ खेल खेल्न बाँकी थियो, जुन रावलपिंडी, मुल्तान र लाहोरमा हुने भनिएको थियो, तर अब यी खेलहरू युएईमा हुनेछन्।
Facebook Comment