नीति तथा कार्यक्रममा सरकारको निराशा देखियो : राजेन्द्र लिङ्देन

डिसी नेपाल
२६ वैशाख २०८२ १६:५५

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रममा सरकारको निराशापन देखिएको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अध्यक्ष लिङ्देनले अंकगणितको हिसावले सरकार बलियो देखिए पनि नीति तथा कार्यक्रममा सरकारको कुनै उत्साह नदेखिएको र यसमा निराशापन मात्रै देखिएको टिप्पणी गरेका हुन्।

उनले सरकारलाई सरकारमात्रै नभइ अहिलेको व्यवस्था नै अनिश्चित छ भन्ने लागेको बताए। लिङ्देनले गणतन्त्र र संविधानमा भएका कतिपय व्यवस्थाको विरुद्धमा फरक मत राखेर राजनीति गर्न कसैलाई प्रतिबन्ध लगाउनेगरि कानुन बनाउन संविधानले नै निषेध गरेको उल्लेख गरे।

लिङ्देनले आफूहरूको विरोध र प्रतिबन्ध लगाउने भन्दा पनि गणतन्त्रप्रति जनतामा आशा जगाउने काम गर्न सुझाव दिए।

उनले फजुल खर्चको कारक नै प्रदेश संरचना भएकाले यसलाई खारेज गर्नुपर्ने र सवै अटाउने मौलिक व्यवस्था गर्नुपर्ने बताए। सरकारी निकायलाई शुद्धिकरण गर्ने भनिए पनि त्यसमा बिचौलियाको चलखेद हावी भएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *