पुमोरी हिमालको काखपुग्दा

सगरमाथा आधार शिविर जानेहरू कालापत्थरको कठिन उकालो चढ्छन् र कालापत्थरसँगै पुमोरी हिमालको सौन्दर्यले मोहित हुन्छन्। आँखै सामु पुमोरी हिमालको अग्लो हिमचुली पदयात्रीको लागि बेग्लै अनुभवको प्राप्ति हो।
सगरमाथा आधार शिविरतर्फ उकालो चढ्दै जाँदा, पदयात्राको कठिनाइले भन्दा पनि प्रकृतिको अनन्त सौन्दर्यले मलाई तानिरहन्छ। कालापत्थरको ढुंगे उकालो पार गर्दै जब हिमाली भेगको हावाले मन छुन्छ, थकानलाई बिर्साउने त्यो क्षण शब्दमा बयान गर्न सकिँदैन।
आँखै सामुन्ने पुमोरी हिमाल, चट्टान जस्तै अडिग र चिरस्थायी, आकाशलाई छुन खोजिरहेको देख्दा मनमा एक किसिमको आनन्द मिश्रित विस्मय उत्पन्न भयो।
डरलाग्दो भए पनि भुँमरीको वेगले केही गरेन। बरु त्यसको मखमली हावाले गालामा स्पर्श गर्दा थकान क्षणभरमै विलीन भएको आभास भयो। टाढा हेरें– हिउँले ढाकिएका तुसारो ढुंगाहरू, तीव्रताका साथ तल बग्ने हिमनदीहरू र हावामा गुञ्जिरहने मौन ध्वनि। यी सबैले मलाई मनुष्यत्वको सीमामा झरेर प्रकृतिको सामिप्य महसुस गराए।
पुमोरीको सौन्दर्य दृश्यमा मात्र होइन; यसले आफैँमा एउटा चेतना बोकेको छ। यसको चुलीले मानवीय संघर्ष र साहसको कथा सुनाउँछ।
उचाइमा पुग्ने सपनाबोकेर आउने पदयात्रीहरूको लागि यो हिमाल एउटा प्रेरणाको प्रतीक हो। जीवनमा थुप्रै कठिन उकालाहरू चढ्नुपर्छ। तर कालापत्थरको उकालो पार गर्दै पुमोरीको काखमा पुगेपछि महसुस हुन्छ, हरेक संघर्षको अन्त्यमा एउटा अनुपम सौन्दर्य र शान्ति प्रतीक्षारत छ।
पुमोरी, हिमाल मात्र होइन, यसले एउटा महाकाव्य सुनाउँछ। यसको सेतो हिमचुलीले सूर्यको पहिलो किरणलाई स्वागत गर्दा सुनौलो आभा फैलिन्छ। लाग्छ, प्रकृतिले आफ्ना सुनौला रङहरू यस हिमालको माध्यमबाट प्रस्तुत गर्छ। पुमोरीको काखमा उभिँदा, सगरमाथाको भव्यताले त मन लोभ्याउँछ। यो हिमालको आफ्नै मौन उपस्थितिले मनमा असीम शान्ति दिन्छ।
टाढा हेरें हिउँले ढाकिएका हिलाम्मे हिउँहरू। जमीनमा तुषाराले लिपिएका ढुङ्गाहरू। सुस्तरी बगिरहेका हिमनदीहरू। हावामा गुञ्जिरहने मौन ध्वनिहरू। यी सबैले मलाई मनुष्यत्वको सीमामा झरेर प्रकृतिको सामिप्य महसुस गराए। म धन्य-धन्य भएँ।
पुमोरीको सौन्दर्य दृश्यमा मात्र होइन; यसले आफैँमा एउटा चेतना बोकेको छ। यसको चुलीले मानवीय संघर्ष र साहसको कथा सुनाउँछ। उचाइमा पुग्ने सपना बोकेर आउने पदयात्रीहरूको लागि यो हिमाल एउटा प्रेरणाको प्रतीक पनि हो।
जीवनमा थुप्रै कठिन उकालाहरू चढ्नुपर्छ। कठिन उकालो पछिको विश्राममा नै भेटिन्छ सौन्दर्य। देखिन्छ सौन्दर्य। रमाइन्छ तिनै सौन्दर्यमय छटाहरूमा आनन्दले।
कालापत्थरको उकालो पार गर्दै पुमोरीको काखमा पुगेपछि महसुस हुन्छ, हरेक संघर्षको अन्त्यमा एउटा अनुपम सौन्दर्य र शान्ति प्रतीक्षारत छ। त्यहाँ पुगेपछि नै पुग्नुपर्ने गन्तव्य पनि सकिन्छ। अनि देखिन्छ प्राकृतिक सौन्दयका मनोरम स्वरूपहरू।
कालापत्थर हिँडेर पुग्नुको कठिन यात्राले थाकेको ज्यान। श्वेताम्बर हिउँले ढाकिएको जाज्वल्यमान पुमोरी हिमालको काख पुग्दा आनन्द धेरै मिल्छ। ‘पुमोरी’ भन्ने वाक्यले मात्रैले खुम्बुक्षेत्रको प्रसिद्ध यो हिमालको नजिक पुग्दा अनुभव गरिने सौन्दर्य र भावना चित्रण गर्छ।
पुमोरी हिमालको काखमा पुग्दा हिमालको अपूर्व प्राकृतिक दृश्य, सेता हिमपातले ढाकिएका चुचुराहरू र विशाल ग्लेसियरहरूको मनोरम अनुभव गर्न पाइन्छ।
यो स्थान पदयात्रा तथा पर्वतारोहणमा रुचि राख्नेहरूका लागि प्रेरणादायी छ। पुमोरी चढ्न भने प्राविधिक चुनौतीपूर्ण मानिन्छ र प्रायःअनुभवी पर्वतारोहीहरूले मात्र यो हिमाल आरोहण गर्छन्।
यसक्षेत्रको यात्रा गर्दा सगरमाथा, पुमोरी, ल्होत्से र नजिकैको कालापत्थर जस्ता स्थानहरूको अनौठो दृश्यले यात्रुलाई मन्त्रमुग्ध बनाउँछ। पुमोरी हिमालले प्राकृतिक सौन्दर्य मात्र नभई, उचाइको चुनौती र साहसिक यात्राको भावना समेत प्रदान गर्छ।
पुमोरीको छेउमा बसेर मैले सोचेँ-अग्ला हिमाल मात्र होइन, जीवन पनि त्यस्तै चुलीहरू चढ्ने यात्रा हो। हामीले त्यो उचाइमा पुग्न आत्मबल र धैर्य चाहिन्छ। पुमोरीको काखमा पुगेको त्यो क्षण जीवनकै अनमोल अनुभवजस्तो लाग्यो-जहाँ प्रकृति, मानवता, र आत्मा एकाकार हुन्छन्।
जीवनमा कहिलेकाहीँ केही यात्राहरू यात्रा मात्र हुँदैनन्। ती स्मृतिको गहिराइमा बसेर आत्मा र मनलाई सदा प्रेरित गर्ने बनिहाल्छन्। पुमोरी हिमालको काखमा पुगेको मेरो अनुभव पनि यस्तै अद्वितीय स्मरणीय क्षण बनेको छ।
पदयात्राको सुरुवात लुक्लाबाट भयो। पहिलो पाइला राख्दा नै हिमाली हावाले मन शीतल बनाएको थियो। खुम्बुक्षेत्रको हिमाली गाउँहरू पार गर्दै, शेर्पा समुदायको आतिथ्य र उनीहरूको सरल जीवनशैलीले मलाई हरबखत प्रभावित गरिरह्यो। प्राकृतिक सौन्दर्य, चिसो हावा र हिमाली भेगको नीरव शान्तिले आत्मा झन् शुद्ध बनाउँदै थियो।
नाम्चे बजारबाट अगाडि बढ्दै गर्दा पुमोरी हिमालको सुन्दरताको खासै याद थिएन। यति आकर्ष होला र कालापत्थरबाट नजिकै देखिएला भन्ने कुरा पनिसोँचेकै थिएन। सगरमाथा, आमादब्लम, ल्होत्से, नुप्से आदि हिमालका नाम र ती चुलीको मात्रै याद आइरहेको थियो।
तर आधार शिविरमाथि उचाइहरूसँगै पुमोरीले पनिआफ्नै जादु देखाइरहेको थियो। त्यस दिन हामी गोरक्षेप हुँदै कालापत्थरको ठाडो उकालोतिर लाग्यौँ। यो यात्रा मेरा लागि साहसिक मात्र नभई आत्मानुभूतिको गहिराइ पनि थियो।
पुमोरी हिमालको नजिक पुगेपछि म एउटा हिमालको काखमा छैनजस्तो लाग्यो। म प्रकृतिको काखमा छु। त्यहाँ सुखद शान्ति र सौन्दर्यका आयामहरू फैलिएको छ।
हिउँले ढाकिएका चुचुराहरूका लस्कर, सुनसान हिमाली मैदान र टाढाबाट देखिने नीलो आकाशले मेरो मनलाई नयाँऊर्जा दिइरह्यो।
उचाइ चढ्दै जाँदा हावाको पातलोपनले स्वास्थ्यमा थोरै असर गर्न थाल्यो। साथीहरूले आराम गर्न सुझाव दिए। एकछिन ध्यान गर्दै, मैले पुमोरीको काखबाट खुम्बु हिमश्रृंखलाको अपार दृश्यलाई आत्मसात् गरेँ। प्रकृतिको विशालता अगाडि मेरो अस्तित्व एकदमै सानो लाग्यो।
फर्किँदा हरेक पाइला चाल्न अल्छी लागिरहेको थियो। लाग्थ्यो, यही ठाउँमा बसेर प्रकृतिलाई घट्घटी पिउँदै बसौँ। त्यो थकान शारीरिक थियो। मन भने अत्यन्त हलुका र खुशी थियो। पुमोरीले दिएको त्यो शान्ति, सौन्दर्य र आत्मिक अनुभूति मेरो जीवनभरका लागि अनुपम उपहार बने।
हिमालको काखले सधैँ हामीलाई सन्देश दिन्छ- सम्भावना अनन्त छन्। हामीले हरेक उचाइमा आफ्नो चेतनालाई अझ उचाल्न सिक्नुपर्छ। पुमोरी हिमालको त्यो यात्राले मलाई यही पाठ दियो।
Facebook Comment