दुईवटा समितिको बैठक बस्दै

डिसी नेपाल
३० वैशाख २०८२ ७:१२
56
Shares

काठमाडौं। संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ। आज पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाका बारेमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *