रोनाल्डोको अल नासर ९-०ले बिजयी

डिसी नेपाल
३० वैशाख २०८२ १०:२५
364
Shares

काठमाडौं। अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ। गएराति सम्पन्न खेल अल अखडोउडविरुद्ध ९-० को फराकिलो जित हासिल गरेको हो।

क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा साडियो मानेले मात्रै ४ गोल गरेका थिए। त्यस्तै, जोन डुरानले २ गोल गरे भने आयमान याहा र मोहमद मरानले एक एक गोल गरेका थिए।

त्यस्तै यस खेलमा खेलको ४७औं मिनेटमा पाउलो भिटोरले रातो कार्ड पाएपछि अल अखडोउड १० खेलाडीमा सीमित भएको थियो।

यो जितपछि अल नासर लिगमा तेस्रो स्थानमा उक्लिएको छ। अल नासरको ३१ खेलमा ६३ अंक भएको छ। त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ।  अब अल नासरले यस सिजनका तीन खेल खेल्न बाँकी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *