एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन् : महानिर्देशक दाहाल

डिसी नेपाल
३० वैशाख २०८२ १५:३५

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक कुमार प्रसाद दाहालले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न नमिल्ने बताएका छन्।

उनले राम्रो काम गर्नेलाई ‘आतङकारी’ र नगर्नेलाई ‘चोर’ भनिदिने प्रबृत्तिलाई हटाउन आग्रह गरे।

मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँगको छलफलमा बोल्दै उनले अनुगमनका क्रममा जाँदा कर्मचारीहरुलाई व्यवसायीहरुले ‘आतङकारी’को रुपमा लिने गरेको भन्दै यसरी नबुझिदिन आग्रह गरेका हुन्।

उनले भने, ‘बजारमा अनुगमनका क्रममा सरकारी निकायका प्रतिनिधिलाई कसैको पसल, उद्योग, घर वा व्यवसायिक क्षेत्रमा जाँदा आतंककारीका रुपमा बुझिदिनुहोला । हामी यहाँहरुले नियुक्ति गरेका कर्मचारी हौं। हाम्रा कमीकमजोरी केही छन् भने भनिदिनुहोला। सरकारी कर्मचारीहरुलाई काम नगर्ने, अल्छी कर्मचारी, चोर, फटाहा, घुसिया भन्छौ, काम गरे आतङकारी भन्छौ। विगार्न त हामी सबैले माथिदेखि तलसम्म विगारेका छौ। कोहीपनि अछुतो छैनौं।’

उनले अनुगमनका क्रममा पुलिस, पत्रकार, उपभोक्ताकर्मी कसैलाई पनि नलाने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने गरेको बताए। उनले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदा पनि बेइज्जत भए इज्जत हुने काम गर्नुस् भन्दै आक्रोश पोखे।

‘हामीले अनुगमनका क्रममा पुलिस, पत्रकार लगेका छैनौं। छ भने मलाई भन्नुस्। अनुगमनमा उपभोक्ता अधिकारकर्मी पनि जानुभएको छैन्। त्यो कानूनमा पनि छैन्। कर्मचारीहरु नै जानुहुन्छ। प्रेस विज्ञप्ति (रिलिज) निकाल्छौ। प्रेस रिलिजमा निकालेर जानकारी गराउँदा पनि केही साथीहरुलाई बेइज्जत भए इज्जत हुने काम गर्नुस् न। मेरो जवाफ यदि हो। काम गर्नेलाई आतंङकारी भन्दिने, काम नगर्नेलाई चोर भन्दिने प्रवृतिलाई आजैदेखि हटाइदिनु होला। त्यसपछि मात्र हामी सफल बन्छौ,’ उनले भने।

यसैगरी उनले एमआरपीमा उद्योगी र आयातकर्ताको वाहेक अरुको अधिकार नभएको भन्दै यदि भए त्यो स्पष्ट रुपमा चोरी गरेसरह हुने बताए।

‘एमआरपी दुई प्रकारको हुन्छ। एउटा उद्योगीको एपआरपी अर्को आयातकर्ताको एमआरपी, तेस्रो एमआरपी नैं हुँदैन। यदी एमआरपी हुन्छ भने उ आयातकर्ता हुनैपर्यो, उद्योगी हुनैपर्यो। तेस्रोको एमआरपी हुँदैन। त्यो अधिकार कानूनले दिंदैन। अधिकारले नदिएको काम गर्नु भनेको चोरी हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *