बिचौलियाको चलखेलले सरकारले गभर्नर नियुक्त गर्न सकेन : बर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले बिचौलियाको चलखेलका कारण सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन्।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले गभर्नरको बिषयलाई राजनीतिकरण गरिएको समेत बताए। समयमा नै गभर्नर नियुक्त गर्न नसक्नुले राजनीतिक दलहरूले देश सञ्चालन गर्छ वा अरुकसैले भन्ने कुरा प्रष्ट हुँदै गएको उनले बताए।
पुनले राष्ट्र बैंकको डेपुटी गभर्नर वा मौद्रीक नीतिमा विज्ञता हासिल गरेका व्यक्तिलाई गभर्नर बनाउने गरिँदै आएकोमा अहिले स्वार्थ समूहले रुचाएका व्यक्तिलाई गभर्नर बनाउने प्रयास भइरहेको आरोप लगाए। स्वार्थ समूहसँग कुरा नमिल्दासम्म गभर्नर नियुक्त हुने नदेखिएको उनले बताए।
उनले पार्टीको कार्यकर्ता वा स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाए देशको अर्थतन्त्र चल्न नसक्ने जिकिर गरे। विज्ञता हासिल भएका व्यक्तिलाई गभर्नर बनाउन उनले सरकारलाई सचेत गराए।
Facebook Comment