No ads found for this position
No ads found for this position

साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ वैशाख २०८२ ७:३५
396
Shares
No ads found for this position

काठमाडौं। साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ।

समूह चरणको अन्तिम खेलमा जित निकालेको भारत समूह विजेता बन्न सफल भएको हो। पराजित भएसँगै नेपाल उप विजेता बनेको छ।

भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे। यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २-० को अग्रता बनायो।

पहिलो हाफमा २-० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन। भारतले एकपक्षीय दबाब बनायो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे।
भारत यतिमा मात्र रोकिएन। ८४ औं मिनेटमा ड्यानी मिटेले अर्को एक गोल थपे। यो सँगै नेपालले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको छ।

भारतले यसअघि श्रीलंकालाई ८-० ले हराएको थियो। आयोजक ६ अंक सहित समूह विजेता बन्न सफल रहयो। नेपालले यसअघि श्रीलंकालाई ५-० ले हराएको थियो। ३ अंक सहित नेपाल समूहको दोस्रोमा छ।

अब सेमिफाइनलमा शुक्रवार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *