मखनटोलमा लागेको आगो नियन्त्रणमा

डिसी नेपाल
३१ वैशाख २०८२ १०:२७

काठमाडौं। काठमाडौं महानगरपालिका-२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो।

काठमाडौं र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो। घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *