सरकारका आपसी निकायहरुबीच समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिलाई भयो : सांसद सापकोटा

डिसी नेपाल
३१ वैशाख २०८२ १२:०३
36
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष सुरु भएसँगै बैसाख १ देखि २८ गतेसम्म ७३२ वटा विपद्का घटनाहरु भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ७३२ वटा विपद्का घटनाहरुमध्ये २१ जनाको मृत्यु तथा अनुमानित १७ करोडको क्षति हुन पुगेको बताएका हुन्।

उनले भने, ‘प्रि मनसुन सुरु भएको छ। राजमार्गमा त्रास छ। नागरिकको सडकमै बास भएको छ। बैसाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपद्का घटनाहरु भए। २१ जनाको मृत्यु भयो, अनुमानित १७ करोडको क्षति हुन पुग्यो।’

साथै, उनले सरकारका आपसी निकायहरुकाबीचमा समन्वय नहुँदाखेरी विपद्को उद्धार र व्यवस्थापनमा ढिलाई भैइराखेको बताए। उनले चिनसँगको प्रमुख व्यापारीक नाका तातोपानी जोड्ने सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको समेत बताए।

उनले भने, ‘सरकारका आपसी निकायहरुकाबीचमा समन्वय नहुँदाखेरी विपद्को उद्धार र व्यवस्थापनमा ढिला भैइराखेको छ। चिनसँगको प्रमुख व्यापारीक नाका तातोपानी जोड्ने सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको छ। तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायतका ३० वटा कन्टेनर र ५०० भन्दा बढि विद्युतिय सवारी साधनहरु यसबेला तातोपानीमा अलपत्र छन्।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *