क्यानको केन्द्रीय सम्झौतामा अनुबन्ध नहुने सन्दीपको घोषणा

डिसी नेपाल
३१ वैशाख २०८२ १४:२०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा अनुबन्ध नहुने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेले फेसबुकमार्फत केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गर्दै यो क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइला भएको बताएका छन्।

उनले आफ्नो पोस्टमा क्यानले आफ्नो व्यक्तिगत करिअर र नेपाली क्रिकेटलाई अगाडि बढाउन खेलेको भूमिकाको कदर गर्ने बताएका छन् । उनले नेपालको राष्ट्रिय क्रिकेट टोलीमाथिको आफ्नो निष्ठा र खेलप्रतिको प्रेम कहिल्यै कम नहुने पनि उल्लेख गरेका छन् ।

सन्दीप यसअघि नेपाल क्रिकेट संघसँग सम्झौतामा रहँदा क्याटेगोरी ए अन्तर्गत अनुबन्धित थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *