No ads found for this position
No ads found for this position

क्यानको केन्द्रीय सम्झौतामा अनुबन्ध नहुने सन्दीपको घोषणा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ वैशाख २०८२ १४:२०
2.9k
Shares
No ads found for this position

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा अनुबन्ध नहुने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेले फेसबुकमार्फत केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गर्दै यो क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइला भएको बताएका छन्।

उनले आफ्नो पोस्टमा क्यानले आफ्नो व्यक्तिगत करिअर र नेपाली क्रिकेटलाई अगाडि बढाउन खेलेको भूमिकाको कदर गर्ने बताएका छन् । उनले नेपालको राष्ट्रिय क्रिकेट टोलीमाथिको आफ्नो निष्ठा र खेलप्रतिको प्रेम कहिल्यै कम नहुने पनि उल्लेख गरेका छन् ।

सन्दीप यसअघि नेपाल क्रिकेट संघसँग सम्झौतामा रहँदा क्याटेगोरी ए अन्तर्गत अनुबन्धित थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *