बहराइनका ३ खेलाडी आउट भए तर नेपाली बलरले एक विकेट पनि लिएनन्, वर्षाले खेल रोकियो

काठमाडौं । थाइल्याण्डमा जारी महिला टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र बहराइनको खेल वर्षाले बीचमै रोकिएको छ । खेल अवरुद्ध हुँदासम्म बहराइनले ७६ रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ७६ रन बनाएको अवस्थामा खेल रोकिएको हो । खेल रोकिँदासम्म बहराइनले ३ विकेट गुमाएको छ । तर नेपाली बलरले एक विकेट पनि लिन सकेका छैनन् । बहराइनका सबै ब्याटर रनआउट भएका हुन् ।
प्रतिक्रिया
Facebook Comment