उपप्रधानमन्त्री सिंहसँग एसियाली विकास बैंककी उपाध्यक्ष फातिमा एस्मिनको शिष्टाचार भेट
काठमाडौं । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग एसियाली विकास बैंक एडिबीका उपाध्यक्ष फातिमा एस्मिनले शिष्टाचार भेट गरेकी छन्। बिहीबार सहरी विकास मन्त्रालयमा उनीहरूबीच भेट भएको हो।
सो अवसरमा एसियाली विकास बैंकसँगको सहकार्यमा चलिरहेको आयोजनाको समीक्षा, नयाँ आयोजनामा लगानीको सम्भावनाबारे छलफल भएको मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए।
सहरी विकास मन्त्रालयअन्तर्गतका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विकास विभागमा एसियाली विकास बैंकको ऋण सहयोगका आयोजना सञ्चालनमा छन्।
सहरी विकास मन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र थप सहकार्यका विषयमा सकारात्मक छलफल भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment