पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाए
काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय तोकिएको छ।
तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालत कञ्चनपुरले एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय तोकिएको हो।
जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार यसका साथै उनलाई १० हजार जरिवाना समेत तोकिएको छ।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका भण्डारीले किरणराज विष्टलाई पनि जोडेर समाचार र स्टाटस लेखेका थिए।
वि.सं.२०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment