No ads found for this position
No ads found for this position
साफ यु–१९ च्याम्पियनसिप

नेपाल बंगलादेशसँग पराजित, सेमिफाइनलबाट बाहिरियो

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ जेठ २०८२ १८:४०
1.0k
Shares
No ads found for this position

काठमाडौं। साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग नेपाल पराजित भएको छ।

शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रशंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको हो। यस पराजयसँगै नेपाल सेमिफाइनलबाट बाहिरिएको छ।

बंगलादेशलाई जित दिलाउन अशिकुर रहमान र कप्तान नज्मुल हुदा फैसलले गोल गरे भने नेपालका लागि सुजन डंगोलले गोल फर्काए। खेलको दोस्रो हाफको ७३औं मिनेटमा अशिकुरको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो। त्यसको ८ मिनेट पछाडि नै नज्मुलले टोलीको अग्रता दोब्बर बनाउन सफल भए।

निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपाललाई खेलमा फर्काउन प्रयास गरे पनि समय अभावका कारण त्यो पर्याप्त बन्न भने असफल भयो।

समूह चरणमा श्रीलंकाविरुद्ध ५-० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४-० को फराकिलो हार बेहोरेको थियो। यता माल्दिभ्सँग २-२ को बराबरीमा रोकिदा बंगलादेशले भुटानलाई ३-० ले हराएको थियो।

अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *