No ads found for this position
No ads found for this position

जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दुई खेल

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
४ जेठ २०८२ ११:२६
132
Shares
No ads found for this position

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्।

आज पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हँुदैछ भने, दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच हुँदैछ।

नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे जयपुरमा शुरु हुने खेलमा राजस्थान रोयल्स र पञ्जाव किंग्स खेल्दैछन्। जारी आइपीएलमा राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ भने पञ्जाव किंग्स प्लेअफको दौडमा रहेको छ।

राजस्थान रोयल्सको १२ खेलमा केवल ६ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ। त्यसैगरी पञ्जाव किंग्सको ११ खेलमा १५ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ।

यस सिजनमा यसअघि अप्रिल ५ मा भएको दुवैबीचको खेलमा राजस्थान रोयल्स ५० रनले विजयी भएको थियो। त्यस्तै आज दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरातबीच दिल्लीमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल शुरु हुनेछ।

११ खेलमा १३ अंक हाँसिल गर्दै दिल्ली प्लेअफको दौडमा कायम रहेको छ। त्यस्तै गुजरात भने ११ खेलमा १६ अंक हासिल गर्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।
आजको जित दुवैका लागि प्लेअफको दौडमा महत्वपूर्ण हुने छ। यस सिजनमा यसअघि दुवैबीच अप्रिल १९ मा भएको खेलमा गुजरातले ७ विकेटको जित हासिल गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *