No ads found for this position
No ads found for this position

च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
५ जेठ २०८२ ८:१०
424
Shares
No ads found for this position

काठमाडौं । लामिन यामाल र फर्मिन लोपेजले सानदार गोल गरे पनि बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित भएको छ ।

यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना घरेलु मैदानमा अग्रता जोगाउन सकेन ।

लिग र कप डबल जितेको बार्सिलोनाले यो सिजन सबै प्रतियोगितामा गरी २० खेलमा पहिलो गोल खाएको छ । तर तीमध्ये नौ खेलमा जित र दुई खेलमा बराबरी निकालेको छ ।

भिल्लारियल पहिलो हाफको धेरै समय दबाबमा रह्यो, तर दोस्रो हाफको पाँचौं मिनेटमा सान्ती कोमेसानाले येरेमी पिनोको उत्कृष्ट थ्रु बलमा दौडँदै आएर गोलकिपर मार्क–आन्द्रे टर स्टेगनलाई छलेर बराबरी गरे । परिवर्तित ताजोन बुकेननले ८० औं मिनेटमा निर्णायक गोल गरे ।

३८ औं मिनेटमा यामालले आफ्नो ट्रेडमार्क शैलीमा नवौं लिग गोल गरे । फर्मिनले पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

पुनरागमन जितसहित भिल्लारियल शीर्ष पाँचमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगको सुनिश्चितता गर्यो ।

हान्सी फ्लिकको टोलीले बिहीबार प्रतिद्वन्द्वी एस्पानियोलमाथि २–० को जित निकालेर आफ्नो २८औं शीर्ष डिभिजनको उपाधि जितेको थियो ।

आयोजे पेरेजले निकोलस पेपेको क्रसलाई चौथो मिनेटमै गोलमा परिणत गर्दै भिल्लारियललाई अग्रता दिलाए ।‌ तर घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफको अन्त्यसम्म अग्रता लिन सफल भयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *