No ads found for this position
No ads found for this position

युएइले नेपाललाई दियो ११५ रनको लक्ष्य

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
५ जेठ २०८२ १०:१९
360
Shares
No ads found for this position

काठमाडौं । महिला विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिताको सुपर ३ मा युएइले नेपाललाई ११५ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन बनाएको हो ।

युएइका लागि कप्तान इशा ओजाले ३९ रन बनाइन् । तीर्था शतीशले २१, हिना होतचन्दानीले २०, लावन्या केनीले १२ रन बनाए । नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट दिइन् । कविता कुँवरले २ र राजमति ऐरीले १ विकेट लिइन् ।

९ टोली सहभागी यो प्रतियोगितामा अब विश्वकप छनोटको दौडमा नेपाल युएइ र आयोजक थाइल्याण्ड मात्र बाँकी छन् । तीनवटै टिम आ–आफ्नो समूहका विजेता भएर सुपर ३ मा प्रवेश गरेका हुन् ।

आज सुपर ३ को पहिलो खेल हुँदैछ । तीनवटै टिमले एक आपसमा एक एक खेल खेल्नेछन् । सबैले आपसमा खेलिसकेपछि शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा जानेछन् भने अन्तिम टोली बाहिरिनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *