युएइले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं । महिला विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिताको सुपर ३ मा युएइले नेपाललाई ११५ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन बनाएको हो ।
युएइका लागि कप्तान इशा ओजाले ३९ रन बनाइन् । तीर्था शतीशले २१, हिना होतचन्दानीले २०, लावन्या केनीले १२ रन बनाए । नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट दिइन् । कविता कुँवरले २ र राजमति ऐरीले १ विकेट लिइन् ।
९ टोली सहभागी यो प्रतियोगितामा अब विश्वकप छनोटको दौडमा नेपाल युएइ र आयोजक थाइल्याण्ड मात्र बाँकी छन् । तीनवटै टिम आ–आफ्नो समूहका विजेता भएर सुपर ३ मा प्रवेश गरेका हुन् ।
आज सुपर ३ को पहिलो खेल हुँदैछ । तीनवटै टिमले एक आपसमा एक एक खेल खेल्नेछन् । सबैले आपसमा खेलिसकेपछि शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा जानेछन् भने अन्तिम टोली बाहिरिनेछ ।
Facebook Comment