No ads found for this position
No ads found for this position

नेपाल महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनोट

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
५ जेठ २०८२ १२:०४
1.1k
Shares
No ads found for this position

काठमाडौं । महिला विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिताको सुपर ३ मा युएइलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । आज थाइल्याण्डमा भएको सुपर ३ को खेलमा युएइलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले ३ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक नटआउट ३० रन बनाइन् ।

रुबिना क्षेत्रीले २३, सम्झना खड्काले २१, पूजा महतोले १३ रन बनाए । युएइका लागि मिचेल बोथा, सुरक्षा कोटे, वैष्णवी महेश र इशा ओजाले समान १–१ विकेट लिए ।

युएइका लागि कप्तान इशा ओजाले ३९ रन बनाइन् । तीर्था शतीशले २१, हिना होतचन्दानीले २०, लावन्या केनीले १२ रन बनाए । नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट दिइन् । कविता कुँवरले २ र राजमति ऐरीले १ विकेट लिइन् ।

९ टोली सहभागी यो प्रतियोगिताबाट विश्वकपको ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड पुगेका छन् । नेपालले थाइल्याण्डसँग एक खेल खेल्न बाँकी छ तर दुवै टिम छनोट भइसकेकोले त्यो खेल दुवैका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

विश्वकपको ग्लोबल छनोटमा कूल १० टोली हुनेछन् । यीमध्ये ५ टोलीको छिनोफानो भइसकेको छ । अघिल्लो संस्करणको विश्वकपबाट बंगलादेश र स्कटल्याण्ड सिधै ग्लोबल छनोटमा पुगेका छन् । अमेरिकाको छनोट पतियोगिताबाट अमेरिका नै छनोट भएको छ । एसियाबाट नेपाल र थाइल्याण्ड छनोट भएका छन् ।

अब नेदरल्याण्डमा हुने युरोप छनोटबाट २ टोली, नामिबियामा हुने अफ्रिका छनोटबाट २ टोली र फिजीमा हुने इस्ट एसिया प्यासिफिक छनोटबाट १ टोली छनोट हुनेछन् । यससँगै १० टोलीले ग्लोबल छनोट खेल्नेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *