सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भयो: महेश बर्तौला (भिडियोसहित)

डिसी नेपाल
५ जेठ २०८२ १३:५२
80
Shares

काठमाडौं। नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बर्तौलाले संसद्को समग्र प्रभावकारिताका लागि सिङ्गो संसद् र सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा सदनबाटै सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भएको भन्दै आपत्ति जनाएका हुन्।

उनले केहि सांसदहरुबाट संसद अर्थहिन भयो भन्ने बिचार नियोजित ढंगले आउने गरेको भन्दै सवै जिम्मेवार हुनुपर्ने उल्लेख गरे । सत्तापक्ष र प्रतिपक्ष संसदीय प्रणालीमा स्वभाविक रहेपनि सरकारमा नभएका कारण अनावश्यक रुपमा प्रतिपक्षीले गर्ने टिप्पणी देशका लागि उचित नभएको उनले बताए।

सांसद बर्तौलाले सवै स्वरोजगारहरुलाई सामाजिक सुरक्षाकोमा जोड्ने गरी प्रभावकारी बजेट व्यवस्थापन गनुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *