देशमा देखिएको समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको: गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा देखिएको समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको भएको बताएका छन्।
सोमबार काठमाडौंमा सुवास घिमिरेद्वारा लिखित बीपी कोइरालाको जीवनकथामा आधारित उपन्यास सान्दाजु बिमोचन गर्दै महामन्त्री थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशमा देखिएका सबैभन्दा ठूलो समस्या बुझेर सम्बोधन गर्ने सामथ्र्य राख्नुपर्ने बताएका हुन्।
कहिले पनि नेपाल बन्दैन भन्ने विश्वास युवाहरुमा टुटेर जानु डरलाग्दो भएकाले यस्तो परिस्थितिबाट देशलाई बाहिर निकाल्ने जिम्मेवारी कांग्रेसको भएको उनले बताए। थापाले कांग्रेस ठूलो पार्टी भएकाले सबै तहको सरकारमा सहभागी भएको बेलामा पनि कांग्रेसभित्र असन्तुष्टि देखिएको जिकिर गरे।
उनले अहिले कांग्रेसले पाएको अवसरलाई सदूपयोग गर्दै निराशा चिर्न सक्नुपर्नेमा जोड दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment