एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं । २१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही जेठ ९ देखि ११ गते (२०२५मे २३–२६) सम्म हुने च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार शुभकामना सहित विदाई गरेका छन् ।
खेलाडीहरुमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ सहभागी छन् ।
यस्तै हेड कोच कुशल श्रेष्ठ, टिम कोच मन्डेकाजी श्रेष्ठ, टिम म्यानेजर किशोर प्रसाद भट्टराई रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment