विश्व पौडेलविरूद्धको रिटको सुनवाई सकियो, केही बेरमा आदेश आउँदै
काठमाडौं। विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि सुनवाई सकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पौडेलविरूद्धको सुनुवाई सकिएको हो।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए। तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो।
उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment