चोभार बन्दरगाहमा थुप्रिए विद्युतीय गाडी (तस्बिरहरू)

काठमाडौं । चोभारको सुख्खा बन्दरगाह विद्युतीय गाडी (ईभी)ले भरिभराउ देखिएको छ।
ईभीको आयात अत्यधिक बढेसँगै चोभारमा विद्युतीय गाडी थुप्रिएका हुन्।
फागुनयता रसुवागढी र तातोपानी (सिन्धुपाल्चोक) भन्सार कार्यालयबाट विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ।
व्यवसायीहरू भन्सार बढ्ने हल्ला र चीनमा ईभीको मूल्य घटेपछि फाइदा लिन तीव्र रूपमा गाडी भित्र्याइरहेका छन्।
कतिपय गाडी भन्सार क्लियर नगरी थुपारिएका छन्। केही गाडी सिधै उपत्यका बाहिर शोरुममा पठाइएको छ।
तस्बिरहरू : नेपाल न्यूज बैंक
प्रतिक्रिया
Facebook Comment